प्रभुको संस्थापक शेयरले कारोबार रकम दोब्बर, दोस्रो दिन पनि १० प्रतिशतले घट्यो प्रभुको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 02:25:18 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम बढेको छ । ११ दशमलब ६३  अंकले नेप्से घटेर १४६६  दशमलब ०९  मा आइपुग्दा कारोबार रकम भने बढेर ५८ करोड पुगेको छ । 

सोमबार कारोबारमा आएका १२९  कम्पनीका ७६ लाख ५१ हजार सेयर खरिद बिक्रि हुँदा ५८  करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको भन्दा दोब्बर बढी हो  ।  आजको कारोबारमा फाइनान्स बाहेकका सबै सूचक घटेका छन् । 

आज प्रभु बैंकको संस्थापाक शेयर मात्रै २० करोड ४२ लाखको कारोबार भएको छ।  धेरै अघि प्रभु बैंकसंग मर्जमा गएको  गौरीशंकर विकास बैंकका लगानिकर्ताले शेयर बेचेका कारण संस्थापाक शेयरको उच्च कारोबार भएको हो । ति शेयर प्रभु समुहले नै खरिद गरेको हो । 

अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टड बैंक, सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १, नबिल ब्यालेन्स फण्ड १, एनएमबी शुलभ इन्भेस्टमेन्ट फण्ड १  रहेका छन।


आजको कारोबारमा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक, लुम्बिनी फाइनान्स, सहयोगी विकास बैंक, नेरुदी लघुबित्त विकास बैंक , स्ट्याण्डर्ड चार्टड बैंकका लगानीकर्ता रहेका छन् । 

बढी गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रो पावर, प्रभु बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन्  । कर्णाली डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रो पावर र  प्रभु बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आइतबारदेखि कारोबारमा आएको प्रभु बैंकका सेयरधनीहरुले पहिलो दिन पनि १० प्रतिशत गुमाउन पुगेका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved