चैत्रमा चुनाव हुने संभावना टर्यो, प्रधानमन्त्री फर्के लगतै मिति घोषणा : मन्त्री पाण्डे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 03:41:49 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने,‘अब चैत्रमा चुनाव हुने संभावना टर्यो, मैले चाहीँ कुनै संभावना देखेको छैन।’ यद्धपी उनले दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने समेत सरकारको तयारी रहेको खुलासा गरे।

 साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पाण्डेले दलहरुको सहमतिमै सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जनाए। उनले भने,‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ।’

उनले चुनाव कहिले गर्ने भन्ने कुरा अहिले भन्नुभन्दापनि मनशुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए। उनले निर्वाचनसम्बन्धी ऐन÷विद्येयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विद्येयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराएर भएपनि चुनावको वातावरण जतिसक्दो चाँडो बनाउने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए। उनले मनशुन अगाडि स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि अन्य तहको निर्वाचन गर्ने कुरा जनाए।

मन्त्री पाण्डेले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक आवश्यक परे आवश्यक परिमार्जनसहित पारित गराएर भएपनि असन्तुष्टहरुको माग सम्बोधन गर्ने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए। उनले भने,‘अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आएको छ, केही लचकता देखाएको छ, त्यसैले मधेशी मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्छ भन्ने कुरामा हामी बढि केन्द्रित छौं, अहिले त्यसैको लागि सरकारले काम गरिरहेको छ।’

त्यस्तै उनले हालै स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेनपनि छिट्टै मन्त्रिपरिषदमा लैजान आफूले तयारी गरेको जनाउँदै भने,‘अबको क्याविनेटमा म त्यो प्रतिवेदन लैजाँदैछु, त्यसपछि त्यसलाई राजपत्रमा छापेर अघि बढाईन्छ।’ उनले प्रतिवेदन राजपत्रमा छापिईसकेपछि स्वतः कार्यान्वयन हुनेसमेत जिकिर गरे।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved