आस्वा माघ ९ देखि प्रभावकारी रुपमा लागु हुने, हाल ७३ जिल्लाबाट यी ३० बैंकले सेवा दिने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 04:30:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि यहि महिना देखि (बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली) आस्वा लागु गरेको छ।  यो सेवाको प्रभावकारी प्रयोग भने यही माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गर्न लागेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको सेयर आवेदनमा हुने धितोपत्र बोर्डले जनाएको छ।

साथै बोर्डले हालसम्म विभिन्न ३० वटा बैंकहरुले आश्वा प्रणालीमा सहभागी हुन अनुमति लिएको जनाएको छ । अनुमति लिएका बैंकहरु मध्ये २१ वाणिज्य बैंक र ९ विकास बैंक रहेका छन् । ति बैंकहरुले मुगु र बाजुरा बाहेकका ७३ जिल्लाका १५०७ शाखा मार्फत यो सेवा प्रदान गर्ने छन्  । 

बोर्डले यस अघि नै आस्वा प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्र सम्बन्धी व्यवस्था मार्फत समेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्ने बताईसकेको छ । अर्थात आस्बामा सहभागी नभएका बैंकहरुमा खाता हुनेले पनि सेयर भर्नै पाउने छन् ।

बोर्डले नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएकोमा नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई  समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना छ । 

यस सेवामा सामेल हुन थप आवेदन आईरहेकाले बैंक र शाखा थप हुने बोर्डले जनाएको छ  ।  

हेर्नुस बोर्डको बिज्ञप्ति र हाल अनुमति लिएका ३० बैंकको सुची  । 

 

 

यो पनि : सहज आस्वा (ASBA) प्रणालीको असहज चर्को सेवा शुल्क!!

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved