सुवेदीको संयोजकत्वमामा प्रेस चौतारी प्रदेश नं. ३ संगठन कमिटी गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 12:15:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले समर्थित पत्रकारहरुको संगठन  प्रेस चौतारी नेपालले प्रदेश नं. ३ संगठन कमिटी गठन गरेको छ । 

सोमबार बसेको संगठनको बैठकले विश्वमणि सुवेदीको संयोजकत्वमामा ४७ सदस्यीय कमिटी गठन गरेको हो । सुबेदी केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज समेत हुन्  । 

संगठनको सचिवमा शुरोजंग पाण्डे चयन भएका छन् । 

बैठकले साङ्गठनिक सुदृढीकरण र समसामयिक स्थितिका सम्बन्धमा आगामी दुई महिनाभित्र मुलुकका सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । भेलाहरु यही माघ २२ गतेदेखि आगामी फागुन २ गतेसम्म हुने छन् ।

 भेला माघ २२ गते प्रदेश नं ४ को पोखरा, २३ गते प्रदेश ५ को दाङ, २४ गते प्रदेश ७ को टीकापुर, २५ गते प्रदेश ६ को सुर्खेत, २७ गते प्रदेश २ को वीरगन्ज, माघ २८ गते प्रदेश नं १ को इटहरी र फागुन २ गते प्रदेश नं ३ को ललितपुरमा  आयोजना हुनेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved