३ अंकले घट्यो बजार, २ कम्पनीका लगानीकर्ताले कुस्त कमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 02:05:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से  घटेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । ३ दशमलब ०५ अंकले नेप्से घटेर १४६३    दशमलब ०४ मा आइपुग्दा कारोबार रकम  ३४ करोडमा सिमित भएको छ । 

मंगलबार कारोबारमा आएका १३० कम्पनीका ८ लाख ५० हजार सेयर खरिद बिक्रि हुँदा ३४   करोड २५ लाख रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा होटेल्स , डेभलपमेन्ट बैंक र उत्पादन समुह बाहेकका सबै सूचक बढेका छन् । 

आज प्रभु बैंकको मात्र ७ करोड ४ लाखको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टड बैंक, सिद्दार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स , बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड रहेका छन।


आजको कारोबारमा कमाउनेमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती भेरी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सका लगानीकर्ता रहेका छन् । आज कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र  ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

बढी गुमाउनेमा शृजना फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, तिनाउ डेभलपमेन्ट बैंक, नेरुदी लाघुबित्त विकास बैंक, भार्गव विकास बैंकका लगानीकर्ता रहेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved