ढल निर्माणले उपभोक्ता खानेपानीबाट वञ्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 02:34:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा सञ्चालित एकिकृत सहरी विकास परियोजनाको क्रममा ढल निर्माण कार्य अगाडी बढाउँदा खानेपानीको पाइप बन्द भएपछि उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । ढल निर्माणका क्रममा खाल्डो खन्ने तथा ह्युम पाइप बिछ्याउने क्रममा खानेपानीका पाइप ठाउँ÷ठाउँमा भत्काइएको छ । खानेपानीको आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारण खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । नमस्कार होटेल, मालपोत कार्यालयदेखि मुरली चोक हुँदै विश्वकर्मा चोकसम्म, परिक्रमा सडक, थापा चोकदेखि भानु चोक, पेठिया बजारस्थित रहिम पथ, कन्या पाठशालालगायतका ठाउँमा जडान गरिएको खानेपानीको पाइप भत्काइएको छ । 

नेपाल खानेपानी संस्थान धनुषाका प्रमुख सुरेशकुमार महतोकाअनुसार निर्माण कम्पनीलाई अवरुद्ध पारिएको खानेपानीको पाइप जडान गर्न पटक÷पटक ताकेता गरे पनि सुनुवाइ गरेको छैन । करिब पाँच सय उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । यसरी खानेपानी सेवा अवरुद्ध भएपछि उपभोक्ताले महसुल तिर्न मानेका छैनन् । “मासिक रु तीन लाख महसुल उठ्न सकेको छैन,” महतोले भने  । करिब रु १० लाखको खानेपानीको पाइप भत्काइएको र तीन महिनादेखि विभिन्न ठाउँमा खानेपानीे वितरण हुन नसकेको उनको भनाइ छ । करिब रु एक अर्बको लागतमा जनकपुरमा ढल निर्माण, सडक निर्माण र फोहोरमैला व्यवस्थापन कार्य चलिरहेको छ । एकिकृत सहरी विकास परियोजनाका प्रमुख गङ्गाप्रसाद यादवले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर पाइप मर्मत कार्य गर्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved