स्वास्थ्य मन्त्रालयमा अवसरै अवसर, एकै पटक माग्यो ६५० भन्दा बढी कर्मचारी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 10:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले एकै पटक ठुलो संख्यामा कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले करार सेवाको लागि कर्मचारी माग गरेको हो  । स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको छ । 

निर्देशंनालायले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा २५ जिल्लाका लागि ६५८ कर्मचारी माग गरेको हो। जस मध्ये सबैभन्दा बढी माग स्टाफ नर्स माग गरिएको छ।

सहायक पाँचौ तहका लागि दरखास्त शुल्क १५० र चौथोका लागि १०० रुपैयाँ तोकिएको छ भने   सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिई सक्नु पर्ने छ । तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका नागरिकले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निर्देशनालयले तोकेका स्थानमा फाराम बुझाउन सक्नेछन्। 

हेर्नुस सूचना ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved