भूकम्पपीडितले आज देखि दोस्रो किस्ताको रकम पाउने, सुरुमा ३ जिल्लामा मात्र वितरण गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 11:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपीडितले आज देखि आवास निर्माण बापतको दोस्रो किस्ताको राहत रकम प्राप्त गर्ने भएका छन् । सरकारले आजदेखि प्रत्येक भूकम्पपीडित परिवारलाई दोस्रो किस्ताबापत   डेढ लाख रुपैयाँ वितरण गर्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखामा मात्र दोस्रो चरणको डेढ लाख रुपैयाँ वितरण गर्ने  भएको छ ।

पहिलो किस्तामा रकम लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँचपास गराएका भूकम्पपीडित प्रतिपरिवारले मात्र दोस्रो किस्ता पाउनेछन्। प्राधिकरणका अनुसार अहिलेसम्म तीन जिल्लाबाट २ सय ८० परिवारले मात्र घरको जग बनाएर प्राविधिक जाँचपास गराएर दोस्रो चरणको रकम माग गरेका छन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved