लोकसेवा आयोगका सबै परीक्षा पास गर्न जान्ने पर्ने केहि महत्वपूर्ण सामान्यज्ञानहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2017 | 12:00:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । 

तर लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसंग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । हामीले तिनै आवेदकलाई लक्षित गर्दै हामीले एउटा नयाँ स्तम्भ 'लोक सेवा तयारी' सुरु गरेका छौ । यसमा हामी लोक सेवा पार गरेर सरकारी सेवामा रहेका विभिन्न व्यक्तिहरुको विचार पस्कने छौ । हाम्रो एक मात्र उदेश्य भनेको लोक सेवा तयारी गरिरहेकाहरुलाई सहयोग गर्नु हो ।

गत हप्ता हामीले लोकसेवामा कसरी सफल हुने भन्ने बारे नेपाल सरकारका उप सचिव  होमकला पाण्डेको विचार  प्रस्तुत गरेका थियौ ।  आजको स्तम्भमा  लोकसेवा आयोगका सबै परिक्षा पास गर्न जान्ने पर्ने केहि महत्वपूर्ण सामान्यज्ञानहरु  

 १। हाल नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरु कति छन् ?

क बर्गका बाणिज्य बैंकहरु २८ वटा

ख बर्गका बिकास बैंकहरु ६७ वटा

ग बर्गका बित्त कम्पनीहरु ४२ वटा

सिमित बैंकिङ सहकारी संस्था १५ वटा

लघुकर्जा कारोबार गर्ने संस्था -२५ वटा

जीवन बिमा कम्पनी -१७ वटा

निर्जिवन बिमा कम्पनी - ९ वटा

पुनर्बिमा कम्पनी -१ वटा

२। नेपालमा रहेका कुन बैंकले कुन पुरस्कार पाए ?

प्राइम कमर्शियल बैंक -एसिया प्रसान्त उत्कृष्ट बैंक अवार्ड -२०१६

नेपाल एसबिआई बैंक लिमिटेड -औधोगिक शान्ति पुरस्कार -०७२

ग्लोबल आईएमई बैंक- युरोमनी अवार्ड फर एक्सिलेन्सी -२०१६

नेपाल इन्भेष्टमेन्ट बैंक -बैंक अफ दि इयर -२०१६

हिमालयन बैंक -टिएफपी अवार्ड -२०१६

स्ट्यान्डर्ड चार्टड बैंक - सर्व श्रेष्ट रोजगारदाता ब्रान्ड एसिया -२०१६

नबिल बैंक-सार्क लेखा परिक्षण साझा अवार्ड -२०१६

३। चीनमा हालै स्थापना भएको एसियन इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक बारे जानकारी

स्थापना- २०१४ अक्टुबर २४

संचालन -२०१५ जुलाई २९

संस्थापक -२३ देश

सदस्य -५७ देश

मुख्य कार्यालय -चीनको राजधानी बेईजिंग 

प्रथम अध्यक्षता गर्ने राष्ट्र -भारत

कार्यकारी प्रमुख -जिन लिम्वान

अधिकृत पुंजी - १ सय मिलियन डलर

४। सातौ राष्ट्रिय खेलकुद सम्बन्धि सामान्य जानकारीहरु

खेल सम्पन्न २०७३ पुष ८ देखि १५ सम्म

लोगो बनाउने -खेम राज श्रेष्ट

मस्कट बनाउने- सन्तोष बिष्ट

मस्कट-कोशी टप्पुको सान 'अर्ना'

नारा- 'पुर्वान्चलमा सातौ राष्ट्रिय खेलकुद, विविधतामा रमाएर बसौं '

समाविष्ट खेल -३५ वटा

उद्घाटन -राष्ट्रपति बिध्यादेबी भण्डारी, सहिद रंगशाला बिराटनगर

समापन- उप राष्ट्रपति नन्दबहादुर पुन, एन्फा टेक्निकल सेन्टर, धरान

पहिलो स्वर्ण - हरि रिमाल, १ हजार ५ सय मिटर दौडमा

पदक संख्या -१०३५ (स्वर्ण र रजत -२९४ , कास्य ४४७)

प्रतियोगिताका खेल भएका जिल्ला : सुनसरी, मोरङ, धनकुटा, झापा, कास्की, सप्तरी, ललितपुर र काठमाडौँ

सहभागी टिम : पुर्वान्चल विकास क्षेत्र, मध्यमान्चल निर्वाचन क्षेत्र, पश्चिमांचल निर्वांचन क्षेत्र, मध्य पश्चिमांचल निर्वाचन क्षेत्र, सुदुर पश्चिमांचल निर्वाचन क्षेत्र, नेपाल प्रहरी, नेपाल आर्मी, र सशत्र प्रहरी, 

श्रोत: विभिन्न सामान्यज्ञान सम्बन्धि प्रकाशनहरु

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved