१ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2017 | 04:34:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार मध्य इटालीमा एक घण्टामा ३ पटक ठुला भुकम्प महशुस भएका छन् । गत बर्ष ठुलो भूकम्प गएकै स्थानमा आज ति भूकम्प गएको बताईएको छ । 

 स्थानीय समय अनुसार पहिलो भूकम्प १०:२५ मा गएको थियो जुन ५.३ म्याग्नेच्युडको थियो, त्यस्तै त्यसको ५० मिनेटपछि झन् ठुलो ५.७ म्याग्नेच्युडको भूकम्प महशुस भएको थियो । दोस्रो भूकम्प गएको १० मिनेट पुन: ५.३ म्याग्नेच्युडको  भूकम्प महशुस भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  । सबै भूकम्प जमिन भन्दा १० किमीबाट उत्पन्न भएका थिए ।

भूकम्पको धक्का १०० किलोमिटरको दुरीमा रहेको रोमसम्म पनि महशुस भएको र त्यहाँका रेल स्टेशन र बिद्यालय खाली गराईएका छन् । हाल सम्म भूकम्पको क्षतिबारे कुनै विवरण आएको छैन । 

गत अगस्त महिनामा त्यहि क्षेत्रमा ठुलो भूकम्प जाँदा ३०० जनाको मृत्यु भएको थियो । अझै भूकम्पआउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई शतर्क रहन आग्रह गरिएको छ । 

  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved