विकासको अभियानमा छुट्टै साथ दिने उदेश्यले हामीले बिकास बहस सुरु गरेका छौ। यस पटक हामीले गुल्मीको वामीमा नव निर्मित आँखा अस्पताल निजि सहयोगमा निर्माण गरिदिएका सामाजिक अभियन्ता कृष्णहरी सापकोटाको सामाजिक अभियानलाई प्रस्तुत गर्ने जमर्को गरेका छौ।
मैले सोचे मरी लानु के छ र ? हुन त् म आफै कुनै धनि मान्छे होइन। न त मेरो धन पिता पुर्खाको विरासत हो, न त दुई नम्बरी आम्दानी। मैले जीवनमा गरेको मेहनत नै मेरो वर्तमान हो।
'धन देखि महादेवका तीन नेत्र' जन्मे देखि यहि उखान सुन्दै आएका अहिलेका मान्छेका लागि धन नै सबै थोक हो भन्ने लागु अस्वाभाविक होइन। त्यसैले त अहिलेको मान्छे धनका पछि पछि कुदिरहेका छन। प्रेम राजा महतको लोकप्रिय गितको एउटा अंश 'हरियो डलर, डलरले बिगार्यो कलर' भनेझै आफ्नै 'कलर' बेचेर पनि धन कमाउन आतुर छन् मान्छे।
यसैको परिणाम भ्रस्टाचारको नाङ्गो नाच हाम्रै आँखा अगाडी महादेवको नस्वर रुपमा नाची रहेका छन् मान्छे। 'धनात: धर्मम एतत् सुखम' वास्तवमै यो संस्कृत श्लोक मान्छेको लागि नारा नै भएको छ। धनको जोहोका लागि झिंगाको बोसो समेत निकाल्न पछि पर्दैन मान्छे।
हो, त्यहि धन जसका पछि पछि मान्छे कुदिरहेको छ त्यसलाई आर्जन गर्ने दौडमा मान्छेले सारा दुनिया बिर्सिएको छ। त्यसलाई आम मान्छेको भलोका लागि प्रयोग गर्न भने अनकनाउछ मान्छे।
तर मैले सोचे मरी लानु के छ र ? हुन त् म आफै कुनै धनि मान्छे होइन। न त मेरो धन पिता पुर्खाको विरासत हो, न त दुई नम्बरी आम्दानी। मैले जीवनमा गरेको मेहनत नै मेरो वर्तमान हो।
सिलसिला सहयोगको
म लामो समय देखि गाउँको माध्यमिक विद्यालयको संचालक समिति अध्यक्ष रही रहे। त्यसपछी ०६० सालमा हामिले गाउँमा स्नातकसम्मको क्याम्पस संचालन गर्ने जमर्को गर्यौ। सरकारको मुख ताक्यों, अहँ सरकारबाट कुनै सहयोगको संकेत नदेखिएपछि गाउँमै सप्ताह गरेर भएपनि पैसाको जोहो गरियो।
तर सप्ताहबाट उठेको पैसाले क्याम्पस कति दिन चल्थ्यो र ? फेरी आर्थिक संकट सुरु भयो। अब कहाँ जाने ? म आफै क्याम्पस संचालक समितिको अध्यक्ष थिए। सल्ल्लाह गर्यौ, हामि आफु आफुले पनि केहि गरौ भनेर। यहि मेसोमा मैले कलेजका लागि ५० लाख रुपैयाँ सहयोग गरे, हामि सबैको यहि शुद्द मनको प्रयासबाट रुद्रावती क्याम्पस अहिले राम्रै गरि चलेको छ।
यसरी जन्मियो आँखा अस्पताल
एक दिन यसै वामीको पारिलो मैदानको खेतमा काउली गोड्दै थिए। नेपाल नेत्रसंघले धेरै पहिले देखि वामीमा आँखा अस्पताल बनाउने सोच बनाएको थियो। यहि सिलसिलामा हुनुपर्छ संघका पदाधिकारीहरु वामी आउनु भएको रहेछ। उहाहरु खेतमै आउनु भयो। कुरै कुरामा 'यत्तिको जग्गा भए आँखा अस्पताल बन्ने थियो' उहाँहरुले भन्नु भयो।
मलाइ पनि लाग्यो, मैले यहि जग्गा दिंदा एउटा अस्पताल बन्छ र सर्वसाधरणले औषधि पाउँछन भने जग्गा दिने बताए। उहाँहर खुसी हुनु भयो। मैले राजिनामा पास गरेर आँखा अस्पताललाई जग्गा दिए। तर लामो समयसम्म अस्पताल बनेन। यस्तै एक चोटी फेरी उहाँहरु वामी आउनु भयो। मैले सोधे -किन बनेन अस्पताल ?
उहाँहरुले पुंजी जुटाउन नसकेको दुखेसो पोख्नु भयो। 'यस्तो हो भने मैले बनाई दिउँ त अस्पताल ?' मैले प्रस्ताब गरे। उहाँहरु खुसी भएर स्वीकार गर्नु भयो। यस अघि नै १ करोड मूल्य बराबरको जग्गा दिएकै थिए। अब ६० लाख जति त् खर्च होला ? मैले निश्चय गरे।
२ करोडमा तयार भयो आँखा अस्पताल
घोषणा गर्नु जति सहज थियो, त्यति नै असहज भयो अस्पताल बनाउन। त्यहि बेला नाकाबन्दी लाग्यो। ६२ हजार इट्टा भैरहवाबाट लगे। छड, सिमेन्ट, कामदार सबै गर्दा त मैले अनमान गरे भन्दा महँगो भयो। १ करोडको जग्गा त दिएकै थिए। फेरी भवन बनाउन १ करोड ९२ लाख लाग्यो।
बेचे पुर्ख्यौली सम्पति
म कुनै अर्बपति थिइन्। खालि मरि लानु के छ र भन्ने मान्यता राख्ने भएकाले आफ्नो आम्दानी सेवामा लगाउ भन्ने मात्रै मान्यता हो।
त्यसैले मैले मेरो नाममा रहेको धेरै पुर्ख्यौली सम्पति बेचे सामाजिक सेवाका लागि। बुटवल, भैरहवा, नारायणघाट र ढोरपाटनका सबै जसो जग्गा बेचेर अस्पताल भवन तयार पारे।
हस्तान्तरण मंसीर २९ मा
२ करोडको निजि लगानीमा मैले निर्माण गरेको उक्त अस्पताल मङ्सिर २९ मा हस्तान्तरण गरिएको छ। संघका प्राध्यापक डाक्टर तिर्थ मिश्रलाई उक्त अस्पताल हस्तान्तरण गरिएको हो।
नोट: सामाजिक अभियन्ता कृष्णहरी सापकोटा हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ।