गरिमा विकास बैंकले बोनसपछि ७० प्रतिशत हकप्रद निष्काशन गर्ने, साधारणसभा मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 12:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थीक बर्षको दोस्रो त्रैमासमा करिब ७८ प्रतिशतले खुद मुनाफा बढाएको गरिमा विकास बैंकको २० प्रतिशत बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।  अब बैंकको साधारण सभाले पारित गरेपछि बैंकले आफ्ना लगानीकर्तालाई बोनस नितरण गर्ने छ । 

बोनस वितरणपछि बैंकले १०:७ को अनुपातमा अर्थात् ७० प्रतिशत हकप्रदपनि निस्काशन गर्ने नेप्सेले जनाएको छ । हकप्रद प्रस्ताव आगामी साधारण सभामा पेश हुने बैंकले जनाएको छ  । साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित भए पछि  बैंकले धितोपत्र बोर्डसंग अनुमति लिनु पर्ने हुन्छ ।   

बैंकले आगामी फागुन छ गते शुक्रबार साधारण सभा बोलाएको छ ।  साधारण सभा प्रयोजनका लागि बैंकको सेयरधनी पुस्तिका यहि माघ २१ गतेदेखि बन्द हुनेछ । अर्थात् बैंकको बोनस सुरक्षित गर्न चाहनेले माघ २० गतेसम्ममा सेयर किनिसक्नु पर्नेछ । 

बैंकले साधारणसभामा मर्जर तथा एक्विजिशनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाने भएको छ ।

यो पनि : निक्षेप संकलन र इपिएसमा लोभलाग्दो प्रगति गरि गरिमा बैंकले बढायो गरिमा 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved