अमेरिका र मेक्सिकोको सीमामा २ हजार माइल लामो पर्खाल लगाउन डोनाल्ड ट्रंपको आदेश 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 10:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले राष्ट्रपति चुनावको अभियान ताका मेक्सिकोसंगको दुई हजार माइल लामो सिमानामा पर्खाल बनाउने भन्दै आएका थिए। साथै उनले पर्खाल निर्माणको खर्च पनि मेक्सिकोले नै बेहोर्ने बताउँदै आएका थिए।

अमेरिकी सञ्चार संस्था एबीसी न्यूजसंगको अन्तर्वार्तामा उनले मेक्सिकोले पर्खाल निर्माणको खर्च शत प्रतिशत भुक्तानी दिने बताए। शुरुमा अमेरिकी स्रोतमै उक्त पर्खाल निर्माण गर्ने ट्रम्पको योजना छ। तर त्यसका निम्ति कंग्रेसले खर्चको अनुमति दिनुपर्छ।

बुधबार होमल्याण्ड सेक्युरिटि विभागमा आयोजित एक समारोहमा उक्त आदेशमा हस्ताक्षर गर्दै उनले अमेरिकाको दक्षिणी सिमानामा संकटको चर्चा गरे। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सम्बेाधन गर्दै ट्रम्पले पार गर्न नसकिने पर्खाल बनाउनाले अवैध आप्रवासी र लागू औषध तस्करलाई रोक्न सकिने बताए ।

यसबिच उनले विना कागजपत्रका आप्रबासीहरुलाई शरण दिंदै आएका अमेरिकी शहरहरुलाई सहयोग पैसा रोक्ने निर्णय पनि गरेका छन्।

अब उनले अफ्रिका तथा मध्ये पूर्वका सात देशका आप्रवासी रोक्ने घोषणा गर्ने ठानिएको छ। सो घोषणाको मस्यौदा ठानिएको आठ पाने दस्तावेज विभिन्न अमेरिकी सञ्चारमाध्यम तथा बीबीसीले हात पारेको छ। त्यसमा सिरियाली शरणार्थी कार्यक्रम अनिश्चितकालसम्म निलम्बन गरिने उल्लेख छ।

साथै नाम उल्लेख नगरिएका केही मुलुकका निम्ति भिसा जारी गर्ने कार्यपनि निलम्बन गरिने उल्लेख छ। आप्रवासी सम्बन्धी वकिलहरुले बीबीसीलाई ती मुलुक सिरिया, इराक, इरान, लिबिया, सुडान, सोमालिया र यमन हुन सक्ने उनीहरुको विश्वास रहेको बताए।

तर ह्वाइट हाउसले उक्त दस्तावेजमाथि टिप्पणी गर्न अस्वीकार गरेको छ। हस्ताक्षर हुनु अघि त्यसमा परिमार्जन हुन सक्नेछ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved