सर्बेन्द्र खनाल सहित रातारात ३९ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 11:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले एक साथ ३९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृहमन्त्री बिमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । 

सरुवा हुनेमा काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख र अपराध अनुसन्धान महाशाखामा रहेको चर्चा कमाएका सर्बेन्द्र खनाल पनि छन् । खनालले फुटबलको म्याच फिक्सिंग, सुन तस्करी, बिद्युत चोरीका गिरोह लगायतको कर्तुत पर्दाफास गरेका थिए । 

सरुवा संगै छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छन् ।  यस अघि उनी धौलागीरी प्रहरी प्रमुख थिए । ललितपुर प्रहरी प्रमुखमा ठूले रार्इलार्इ ल्याइएको छ । त्यस्तै महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने प्रहरी अपराध महाशाखामा दिनेश अमात्य आएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ ।  त्यस्तै शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, धिरु बस्न्त्यात लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा आएका छन् । 

महानगरीय प्रहरी परिसर ललितपुरबाट पिताम्बर अधिकारीलाई मञ्चल प्रहरी कार्यालय मेचीमा सरुवा गरिएको छ । 

हेर्नुस सुची

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved