गणतन्त्र दिवसमा भारतद्वारा नेपाललाई २२ एम्बुलेन्स, ४  बस तथा शैक्षिक सामग्री सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 11:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्थित भारतीय दुतावासले भारतको ६८ औं गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित बिशेष समारोहमा राजदूत रणजित रायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पठाएको शुभकामना संदेश पढेर सुनाएका थिए । संदेशमा छिमेकीको शान्ति र स्थायित्वमा भारतको जोड रहेको उल्लेख थियो ।

  कार्यक्रममा राजदुत रायले प्रणव मुखर्जीको नेपाल भ्रमणलाई समेटेर तयार गरिएको ‘कफी टेवल पुस्तिका’ सार्वजनिक गरे  । कार्यक्रममा राजदूतावासको रक्षा विभागद्वारा नेपालमा बस्ने भारतीय भूपूहरुको लागि भारत सरकारले प्रदान गर्ने कल्याण कार्यक्रमहरु समेटेर प्रकाशित ‘भूपू २०१६ नामक पुस्तकको पनि विमोचन भएको थियो ।

कार्यक्रममा राजदूतले भारतीय सेनाका १४ भूपू सैनिक, तिनका विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकहरुलाई रक्षा सहचारी कल्याण कोषबाट ३ करोड ७५ लाख को चेक तथा कम्बल समेत वितरण गरेका थिए ।   भूपू संगठनलाई दुई एम्बुलेन्स पनि प्रदान गरिएको थियो ।

त्यस्तै नेपालका विभिन्न स्थानमा रहेका पुस्तकालय, प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयहरु गरी ६० शैक्षिक संस्था तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तक तथा शैशिक सामग्री वितरण गरिएको थियो  ।

 

त्यस अवसरमा भारतले विभिन्न जिल्लाका अस्पतालहरु, नाफा नकमाउने परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न २० वटा एम्बुलेन्स र ४ वटा बस  प्रदान गरेको छ । राजदूतले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन ती संस्थालाई साँचो हस्तन्तरण गरेका हुन् । 

समारोहमा नेपालमा रहेको भारतीय नागरिक, दूतवासका अधिकारी लगायतको उपस्थिति थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved