'भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत सम्बन्ध सुमधुर हुन्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 12:47:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्। 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको समेत आरोप लगाए।

  साक्षात्कारमा बोल्दै उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए बैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे। ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिलेपनि तयार छ,’ उनले भने।

सचिव भट्टराईले नेपाल–भारतवीच ऐतिहाँसिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्धिपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने,‘हरेक देशका आ–आफ्ना संवेदनशिलता हुन्छन्, नेकपा एमाले कुनैपनि मित्रराष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन, र हाम्रो देशको संवेदनशिलतामाथि पनि कसैले खेलवाड गर्न पाईँदैन्।’

जनसंख्या, भूगोल र आर्थिक सामाजिक रुपबाट मुलुक सानो ठूलो हुन सक्ने भएपनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठूलो नहुने उनको भनाई थियो।

उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गरे। भट्टराईले भने,‘नेपालले त ईतिहाँसमै कहिल्यैपनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved