मिडियाको गलत प्रचारले शेयरबजारमा उथल पुथल, लगानीकर्ताले एकै दिन गुमाए २४ अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 02:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ तथा अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ ।  बिहिबार बजार परिसूचक नेप्से २१  दशमलब ४७  अंकले घटेर १३७५  दशमलब १४ को बिन्दुमा पुगेर रोकिएको छ भने १०  लाख ५२ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५१   करोड ९२  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रभु बैंकको मात्रै ३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा सिद्दार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौँ लुम्बिनी, रहेका छन् । 

बुधबारको कारोबारमा  सबै सूचकहरु घटेका छन। जसमा बैंकिंग समुह २३.३५  अंकले घटेको छ भने बिमा समुह १०१.५   अंकले ओरालो लागेको छ ।

त्यस्तै बिहीबारको कारोबारमा कमाउनेमा तारा गाउँ होटेल , एनआईबिएल सम्वृद्धि फण्ड , वेस्टर्न डेभलपमेन्ट बैंक, युनाईटेड फाइनान्स, खानी खोला हाइड्रोका लगानीकर्ता रहेका छन् । गुमाउनेमा एनएमबि बैंकका संस्थापक शेयर , सिनर्जी फाइनान्स, कृषि विकास बैंक, भार्गव विकास बैंक, प्राइम कमर्शियल बैंकका शेयर लगानीकर्ता रहेका छन् ।

आज कारोबार सुरु भएपछि पहिलो २ घण्टा बजार निरन्तर घटेको थियो । तर दोस्रो दुई घण्टामा बजार सम्हालिएको देख्न सकिन्छ  । केहि आर्थिक अनलाइनहरुले पूँजी-कर्जा-निक्षेप अनुपात (सिसिडी रेसियो) बढाउने लबिंग भईरहेको र त्यसका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर नै सक्रिय रहेको भन्ने समाचार सम्प्रेषण गरेपछि बजार निरन्तर घटेको थियो । तर राष्ट्र बैंकले उक्त रेसियोमा कुनै पुनरावलोकन नगर्ने बताएपछि बजार सम्हालिएको हो । 

यद्यपिैं बैंकहरुले कर्जा प्रवाह करिब करिब रोक्का गर्ने तथा अनुत्पादक क्षेत्रमा प्रवाह गरेको ऋण रिकभरीमा लाग्ने संकेत देखिदा त्यसको प्रभाब भने केहि दिन यता सेयर बजारमा देखिदै आएको छ । एकतर्फ बजार अझै घटेर मार्जिन कलको चेपुवामा पर्ने डर र अर्कातर्फ लगानीकर्ताहरु बैंकहरुले उपलब्ध गराएको १३ प्रतिशत ब्याजमा आकर्षित हुँदा सेयरको आपूर्ति बढेर बजारले ओरालो बाटो लिएको आंकलन गरिएको छ। यद्दपी बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंक तत्कालको तरलता ब्यवस्थापनमा लागेकाले यो समस्या समाधान हुने अपेक्षा गरिएको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्था ऋण रिकभर तर्फ लाग्दा सेयर लोनमा पनि ब्याज बढ्ने हो कि भन्ने मानसिकता बनाएर लामो समयदेखि होल्ड गर्दै आएका लगानीकर्ताहरुले समेत घटेर नै सेयर बेच्दा सेलिंग प्रेसर बढेको जनाइएको छ। 

 बजार ओरालो लाग्दा बजार पूँजीकरण १५ खर्ब ७१ अर्ब रुपैंयाबाट घटेर १५ खर्ब ४७ अर्ब रुपैंयामा आएको छ । यस हिसाबमा लगानीकर्ताले एकै दिन २४ अर्ब गुमाएको देखिन्छ । यस साता बजार ८७ अंकले घटेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved