त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित, विमानहरु घुमेको घुम्यै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 10:45:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मौसममा फेरबदल भएपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमानहरुको उडान र अवतरण प्रभावित भएको छ । भिजिबिलिटी नपुगेपछि उडान र अवतरण प्रभावित भएको हो ।

अन्तर्राष्ट्रिय उडान अवतरणका लागि ३ हजार मिटर भिजिबिलीटी आवश्यक पर्छ ।  तर भिजिबिलिटी १५ सय मिटर मात्रै रहेकाले उडान अवतरण प्रभावित भएको हो ।

भारतको मुम्बईबाट आएको जेट एयरवेज, युएईबाट आएको एयर अरेबिया, शारजाहबाट आएको एयर अरेबिया कै अर्को बिमान लगायत अहिले अवतरणको प्रतिक्षामा फन्को लगाईरहेका छन् ।

विहानैदेखि मौसममा वद्ली आएपछि काठमाडौंबाट बाहिर जाने र आउने विमान प्रभावित भएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved