यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 11:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बिमस्टेको सचिवस्तरीय बैठक माघ २३ देखि २५ सम्म काठमाडौंमा हुने भएको छ । आज बसको मन्त्रिपरिषदको बैठकले बिमस्टेको सचिवस्तरीय बैठकको मिति तय गरेको हो । 

त्यस्तै बैठकले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निर्णय गरेको छ।

बैठकले प्रा.डा. गोविन्द केसीसँग सरकराले गरेको सम्झौता कार्यान्नयनका लागि एउटा समिति गठन गरेको छ। गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित समितिमा वीर अस्पतालका पूर्व रजिष्टार, शिक्षा मन्त्रालयको सह सचिव सदस्य रहने सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । यो समितिले दन्त तथा आयुर्वेद विज्ञानबारे समेत सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ ।

बैठकले एनआइडिसी विकास बैंकलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने निर्णय पनि गरेको छ।

बैठकले बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ। त्यस्तै बैठकले मुस्ताङ जिल्लाको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने, नवलपरासीको बेलाहानी लगायतका क्षेत्रका बसोबासीहरुको जग्गा दर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय गरेको छ। 

बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ भने नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ। 

बैठकले सडक लगायतका विकास पूर्वाधारको तिब्रताका लागि विभिन्न स्थानमा योजना कार्यालयहरु स्थापना गर्ने निर्णय पनि गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved