सकियो सत्तारुढ दल र मधेशी मोर्चाको बैठक, यस्तो भयो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 11:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान संशोधन बिधेयेक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेको बैठक बिना निस्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको तर सरकारमा सामेल नभएको मधेसी मोर्चाका नेताहरुसंग छलफल गर्न बैठक आह्वान गरेका थिए ।

बैठकमा सहभागी  नेता नारायण काजी श्रेष्ठका  अनुसार प्रधानमन्त्रीले संविधान संशोधन विधेयक र स्थानीय तहको चुनाव सँगसँगै लैजानु पर्ने बताएको तर मोर्चाले पहिला संशोधन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्ने अडान दोहोर्याएकोले कुनै सहमति हुन् नसकेको हो। बैठकले प्रतिपक्ष दलसँग समेत छलफल गरेर दुईदिनमा सहमति खोज्ने सहमति गरेको छ ।

मोर्चासंग संविधान संशोधनबारे सहमति हुन् नसक्दा सरकारले चुनाव मिति घोषणा गर्न सकिरहेका छैन  । अन्य दलले भने चुनाव घोषणा गर्न सरकारलाई दबाब दिदै आएका छन् । प्रमुख  प्रतिपक्षी एमाले भने संशोधनको विरोध गर्दै आएको छ  । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved