सर्वोच्चका दुई न्यायाधीश सर्वसम्मतले अनुमोदित, शपथ लिने बाटो खुल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 12:00:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतमा सिफारिस भएका २ न्यायाधीश सर्वसम्मतले अनुमोदन भएका छन्। संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ गरी सर्वसम्मतले अनुमोदन गरेको हो।

समितिबाट प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी अनुमोदित भएका हुन्। दुवै जना बिरुद्द १-१ उजुरी परेका थिए ।  अनुमोदन भएसंगै उनीहरुलाई सपथ लिने बाटो खुलेको छ ।  सपथपछि उनीहरुले कार्यसम्पादन सुरु गर्नेछन्।  

न्याय परिषदले उच्च अदालतका लागि न्यायाधीश नियुक्ति र पदस्थापन गरेसँगै पुस २८ देखि सर्वोच्चमा पनि दुई न्यायाधीशको पद रिक्त थियो। सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २१ न्यायाधीश रहने व्यवस्था छ।

सर्वोच्चमा अझै एक न्यायधीशको पद रिक्त छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved