मेलम्ची आयोजनाले बिगारेका सडक अब ब्रुमरले बडार्ने, धुलोबाट मुक्ति पाइने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 01:39:55 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गर्न लागिएको हो ।

पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले  जानकारी दिए ।

“सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उनले भने।

पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ ।

दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved