निर्बाचनका लागि आवश्यक ३ विधेयक पारित, २ बिधेयक अड्किए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 03:23:02 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यबस्थापिका संसदले निर्बाचनको लागि महत्वपूर्ण मानिएको 'निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक' पारित गरेको छ । सोमबार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पेश गरेको विधेयक संसदले पारित गरेको हो । यो सँगै चुनावका लागि ३ वटा विधेयक संसदबाट पारित भएको छ । निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक संसदले यसअघि नै पारित गरिसकेको छ ।  

 अब राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी २  विधेयक पास हुन बाँकी छ । थ्रेस होल्डसहितका विषयमा राजनीतिक सहमति नजुट्दा राज्य व्यवस्था समितिले यो विधेयक संसदमा पठाएको छैन । 

त्यस्तै संसदको आजको बैठकले वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले पेश गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी विधेयक पारित गरेको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही माघ १९ गते बुधबार १५ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved