आपराधिक समूह र प्रहरीबिच गोली हानाहान, 'मेड इन युएसए' अटोमेटिक पेस्तोल बरामद 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 04:49:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको टोली माथि गोली प्रहार गरी भाग्न खोज्ने २ जना प्रहरीको जवाफी कारबाहीमा घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–१४ स्थित खनार नहरमा प्रहरीले बिशेष सूचनाको आधारमा को.२२ प ६३६३ नम्बरको मोटरसाइकललाई सोमबार पच्छयाउने क्रममा मोटरसाइकलमा सवार उनीहरुले प्रहरीमाथि गोली चलाएका हुन् ।

 प्रहरीले जवाफी कारवाही गर्ने क्रममा गोली लागेर मोरङ टंकिसिनुवारी–७ बस्ने २९ बर्षीय श्रवण सरदार, मोरङ नोचा–२ बस्ने २७ बर्षीय सतन पासवान र सुनसरी ईटहरी उपमहानगरपालिका–१३ बस्ने ४२ बर्षीय सुभलाल सरदार घाइते भएका छन ।

खुट्टा र तिघ्रामा गोली लागि घाइते भएका उनीहरुलाई पक्राउ गरी उपचारको लागि धरान घोपा अस्पतालमा पठाइएको छ ।


प्रहरीले उनीहरुको साथबाट मेड इन युएसए अटोमेटिक पेस्तोल लोड सहित २ थान, कटुवा पेस्तोल २ थान, चक्कु १ थान,कोरेक्स ३ बोतल, डाईजेल्याप र फेनारगन ८ पाकेट समेत बरामद गरेको छ । 

उनीहरुले स-साना वित्तिय संस्थामा लुटपाट गर्ने, सीमा क्षेत्रबाट लागूऔषधको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved