दोहोरो अंकले बढ्यो तिब्र उतारचढाव देखिएको बजार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 02:16:32 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको दोस्रो दिन मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  ।  मंगलबार  बजार परिसूचक नेप्से १६.९० अंकले बढेर १३२६.६० को उचाईमा पुगेर रोकिएको छ भने १६ लाख ४९  हजार कित्ता सेयर खरिद बिक्रिबाट ५२  करोड ८५  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

तिब्र उतारचढाव देखिएको मंगलबारको कारोबारमा गरिमा विकास बैंकको संस्थापक शेयर मात्रै ३ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल दुरसंचार कम्पनी , सिद्दार्थ बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

मंगलबारको कारोबारमा आएका मध्ये इन्स्योरेन्स बाहेक अन्य सूचकहरु बढेक छन।   त्यस्तै मंगलबारको कारोबारमा कमाउनेमा सोल्टी होटेल, श्री राम सुगर मिल्स, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, सेन्चुरी कमर्शियल बैंकका लगानीकर्ता रहेका छन्   । 

बढी गुमाउनेमा  गुराँस लाइफ इन्स्योरेन्स, एनएमबि बैंक संस्थापक शेयर, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सिद्दार्थ इन्स्योरेन्स , एनएलजी इन्स्योरेन्स लगायतका लगानीकर्ता रहेका छन् ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved