काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 02:19:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ ।  

विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो ।

विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए ।

काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved