ओली आक्रोश: प्रमुख प्रतिपक्षी दलको नेता पनि तपाईंहरूनै राख्नुस्, किन दिन पर्‍यो एमालेलाई?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 03:13:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो अभियान गर्न लागिएको जनाइएको छ ।

आगामी फागुन २१ गते सुखानीका सहिद दिवसका अवसरमा झापाको काँकडभिट्टाबाट शुभारम्भ हुने अभियान विभिन्न जिल्लामा र्याली, सभा र रचनात्मक कार्यक्रम गर्दै चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ । 

पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका लागि अभियान गर्न लागिएको बताउँदै ‘हामीले कसैसँग निहुँ खोज्न वा सम्बन्ध बिगार्न यो अभियान सञ्चालन गर्न लागेको होइन, एमालेमाथि फैलाइएका भ्रम चिर्नका लागि यो अभियान सुरु गर्न लागिएको छ”, भने ।  

कार्यक्रममा ओलीले देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साएको आरोप लगाए।  ओलीले भने, ‘ हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो ।’

ओलीले सत्तापक्षले एमालेलाई पेलेरै अघि बढेको बताए । उनले प्रतिपक्षी दललाई लेखा समितको सभापति दिनुपर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सत्तारूढ गठबन्धनले सभापति बनाएको  जिकिर गरे।  

ब्यङ्ग गर्दै ओलीले प्रतिपक्षी दलका नेतासमेत सत्ताधारी गठबन्धनबाट बनाउन सुझाव दिए । उनले भने 'उहाँलाई मेरो सुझाव छ, अब यो प्रमुख प्रतिपक्षी दलको नेता पनि तपाईंहरूनै राख्नुस्।  किन दिन पर्‍यो एमालेलाई?' 

उनले आफ्नो पार्टी राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र स्वाभीमानको पक्षमा दृढ रहेको बताए। एमालेलाई आलोचना गर्ने ठाउँ नपाएर एमालेबारे अनेक भ्रम सिर्जना गरिएको आरोप उनले लगाए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved