रातो भएर बन्द भयो तिब्र उतार चढाव देखिएको बिहीबारको बजार, साताभर ७ अंकले बढ्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 02:13:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेलाई अनलाइन ट्रेडिङमा लैजाने नेपाल स्टक एक्सचेन्जको निर्णयले लगानीकर्ता हौसिएर बुधबार भारी अंकले उकालो लागेको बजार बिहिबार भने घटेको छ  । बिहिबार बजार ७.३८ अंकले घटेर १३८२.४५ को बिन्दुमा रोकिएको छ । 

तिब्र उतारचढाव देखिएको बिहिबारको कारोबारमा  कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर ५४ करोड ३१लाख मै सिमित भएको छ। 

आजको कारोबारमा सबै भन्दा बढी नेपाल एसबीआइ बैंकको ४  करोड १३  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, सानिमा बैंक, गरिमा विकास बैंक रहेका छन्  । 

आजको कारोबारमा कमाउनेमा नेरुदी लघुवित्त विकास बैंक, राप्तीभेरी विकास बैंक, जानकी फाइनान्स, जन उत्थान सामुदायिक लघु बित्ता विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका  लगानीकर्ताले रहेका छन्। त्यस्तै गुमाउनेमा सहयोगी विकास बैंक, एनएमबि बैंक लिमिटेड संस्थापक सेयर,  पोखरा फाइनान्स, जलबिद्युत तथा विकास , सगरमाथा फाइनान्सका लगानीकर्ता रहेका छन। 

बिहिबार डेभलपमेन्ट बैंक बाहेक कारोबारमा आएका सबै सूचकहरु घटेका छन् । त्यस्तै यो साता नेप्से परिसूचक ७ अंकले बढेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved