देश टुक्राउनु पर्छ भन्ने अभिव्यक्ति दिदै आएका सिके राउत पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 02:38:28 AM मा प्रकाशित

laxmi  sunrise bank

देश टुक्राउनु पर्छ भन्ने अभिव्यक्ति दिदै आएका र त्यसको लागि संगठन समेत चलाउँदै अाएका सिके राउत पक्राउ परेका छन् । राउतलाई प्रहरीले जनकपुरमा रहेको उनको डेराबाट पक्राउ गरेको छ। 

 सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै अाएका थिए।  उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन धनुषा प्रहरीलाई आग्रह गरेको थियो  ।

देश टुक्राउनु पर्छ भन्दै अभिव्यक्ति दिदै आएका र त्यसको लागि संगठन समेत चलाउँने व्यक्ति खुलमखुल्ला हिडेको र सरकार मुकदर्शक बनेको आरोप लागेकै बेला उनी प्रक्राउ परेका हुन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved