निर्बाचन सम्बन्धि बिधेयक पारित, निर्बाचनको लागि ढोका खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 02:58:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्बाचनको मिति तोक्ने बाटो खुला भएको  छ । आज बसेको ब्यबस्थापिका संसद्को बैठकले  बिधेयक पारित गरेपछि सरकारलाई निर्बाचनको लागि ढोका खुलेको हो । 

 संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको हो  ।  यसअघि संसदले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित गरिसकेको छ ।

 अब राजनीतिक दल सम्बन्धी विधेयक पारित हुन बाँकी छ । मत प्रतिशतका आधारमा राज्यबाट दलहरूलाई रकम दिने कि नदिने र ‘थ्रेसहोल्ड’का विषयमा उक्त विधेयकमा दलहरूबीच सहमति जुटन बाँकी छ । 

यसैबिच आज नै राष्ट्रपतिले २ बिधेयक प्रमाणीकरण गरेकी छिन् ।  राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम   निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण गरेकी हुन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved