डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद र बोनसको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 11:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त विकास बैंकले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको बुक क्लोज मिति तय भएको छ । लघुवित्तले १:१ को अनुपातमा २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशनको लागि फागुन २ बुक क्लोज मिति तय भएको छ । अर्थात् फागुन १ गते सम्म कायम  शेयर धनीले मात्र हकप्रद प्राप्त गर्ने छन् । इक्रा नेपालले डिप्रोक्सको हकप्रदलाई ४+ को रेटिंग प्रदान गरेको छ ।  बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 

कम्पनीको  बार्षिक साधारण सभा, ३५ प्रतिशत बोनस, र १७.६३ प्रतिशत नगद लाभाशको लागि पनि यहि बुक क्लोज मिति कायम हुने लघुवित्तले जनाएको छ ।  बोनस साधारण सभाले पारित गर्न बाँकी छ । साधारण सभा फागुन २३ गतेको लागि बोलाइएको छ ।

गत आर्थिक बर्षको कमाईको ३५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६० करोड ६० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २५ करोड ७९ लाख रहेको छ।  बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६ करोड ९३ लाख् रुपैयाँ मुनाफा आर्जन गरेको थियो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved