शनिबारदेखि टेलिकमको प्रिपेड मोबाइलमा पनि फोरजी चल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 11:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्नो तेहृौँ वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गर्ने भएको छ। जस अनुसार प्रिपेड मोबाइलका प्रयोगकर्ताले भोली  माघ २१ गते शनिबार देखि फोर जी सेवा प्रयोग गर्ने सक्ने छन् । 

टेलिकमले हालको लागि पोखरा र काठमाडौँको प्रयोगकर्ताले मात्र यो सुबिधा प्राप्त गर्ने जनाएको छ । टेलिकमले यी दुई शहरमा पुस १७ गतदेखि नै पोस्टपेड मोबाइलमा फोरजी सेवा उपलब्ध गराएको छ । 

 काठमाडौं र पोखराबाहेक अन्य १५ वटा शहरबाट पनि फोरजी सेवा संचालन गर्ने तयारी भईरहेको र यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ । 

यसैबिच टेलिकमले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा आकर्षक योजनाको घोषणा गर्ने तयारी गरेको छ। 

टेलिकमले  कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि पुन सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । अब भाेलिबाटै यो  सेवा पनि सुरु हुनेछ । 

यो पनि : टेलिकमको 'फोर जी' कुन कुन मोबाइलमा चल्छ? कसरी सुचारु गर्ने ? शुल्क कति ?

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved