कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रधानमन्त्री समक्ष प्रस्तुत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 11:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली विकास आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारी टिमले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

भेटमा आयोगका पदाधिकारीहरुले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतिको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए ।


कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गरे । प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रीपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved