बिहिबार पक्राउ परेका सिके राउतलाई १० दिन थुनामा राखिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 12:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार जनकपुरबाट पक्राउ परेका सिके राउत आज शुक्रबार अदालतमा उपस्थित गराइएको छ । राउतलाई जिल्ला अदालत सिराहामा उपस्थित गराईएकोमा अदालतले उनलाई १० दिन थुनामा राख्न म्याद दिएको छ ।

अब प्रहरीले सोहि अनुसार अनुसन्धान गरी  राउतमाथी राज्य विरुद्धको संगठित अपराधमा मुद्धा चलाउने तयारी गरेको छ  । 

 सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै अाएका थिए। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन धनुषा प्रहरीलाई आग्रह गरेको थियो  । आग्रहपछि राउतलाई धनुषा प्रहरीले जनकपुरमा रहेको उनको डेराबाट पक्राउ गरेको हो।  

देश टुक्राउनु पर्छ भन्दै अभिव्यक्ति दिदै आएका र त्यसको लागि संगठन समेत चलाउँने व्यक्ति खुलमखुल्ला हिडेको र सरकार मुकदर्शक बनेको आरोप लागेकै बेला उनी प्रक्राउ परेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved