अबदेखि १० कित्ता भन्दा कम शेयर पनि नियमित कारोबार समय मै किनबेच गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 12:28:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कम (Odd Lot) को धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । यसरी नियमित समयमा हुने अड लट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको नेप्सेले जनाएको छ । यो व्यवस्था माघ २३ गते आइतबार देखि लागु हुनेछ ।


यस अघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि अपरान्ह ३
बजेसम्म) All or Non (AON) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्या (Broad Lot)का धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सल हुने समस्या थियो । १० कित्ताभन्दा कम सेयर भने नेप्सेमा शुक्रवार मात्रै  कारोबार हुदै आएको थियो ।

 नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास नेप्सेले लिएको  छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved