मोर्चासंगको गन्थन निष्कर्ष बिहिन, मोर्चालाई मनाउने सरकारी प्रयास बिफल 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 06:48:27 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको बिषयमा सहमति जुटाउन माओवादी केन्द्र र मधेशी मोर्चाबीचको छलफल निष्कर्ष बिहिन बनेको छ। शुक्रवार साझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले संसोधनपछि मात्रै निर्वाचन गर्नु पर्ने पुरानै अडान दोहोर्याएको छ। 

छलफल निष्कर्ष बिहिन बनेपनि निर्वाचन प्रक्रियाका लागि मोर्चालाई सहमति गराउन छलफल सकारात्मक भएको सरकारको दाबि छ। स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेशी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने प्रधानमन्त्रीले स्पष्ट पारेको जनाइएको छ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा माओवादी केन्द्र र मधेशी मोर्चाबीचको छलफल बालुवाटारमा सम्पन्न भएको हो।    


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved