झन्डै दुई महिनापछि ४.४ रिक्टरको पराकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2017 | 06:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ । शनिबार साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए ।

झन्डै दुई महिनाको अन्तरालपछि पुनःपरकम्प गएको हो । यसअघि मङ्सिर १३ गते गोरखामा ४.१ रिक्टरको परकम्प गएको थियो ।

गत २०७२ वैशाख १२ को ७.६ रिक्टरको गोरखा भूकम्प हालसम्पछिम ४ रिक्टर स्केलभन्दा माथिका ४७६ परकम्प गएको केन्द्रले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved