चौथो दिन पनि ओरालो लाग्यो बजार, कारोबार रकम ३४ करोड मै सिमित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 02:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा अघिल्लो दिनको तुलनामा सुधार आएको छ। कारोबार सुरु हुन साथ नै निरन्तर घटेको बजार २१.६२ अंकले घटेर १३२२.९८ को बिन्दुमा रोकिएको छ। आज कारोबारमा एक सबै सूचकहरु घटेका छन् । 


बुधबार कारोबारमा आएका कुल १३७  कम्पनीका 1०  लाख १८  हजार सेयर खरिद बिक्रिबाट ३४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। बुधबारको कारोबारमा प्रभु बैंकको मात्रै २ करोड ५०  लाखको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेस्ट बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन्  । 

आजको कारोबारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाएका छन। अन्य कमाउनेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, ङ्गादि पावर ग्रुप, निर्धन उत्थान बैंक, प्रोग्रेशिभ फाइनान्सका  लगानीकर्ता रहेका छन। त्यस्तै गुमाउनेमा सुर्य लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी , हिमालयन जनरल इन्स्योरेन्सम तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले रहेका छन्। 

बजारमा कुनै पनि सरकारात्मक समाचार नहुनु र खरिद गर्न चाहने बजार अझै घटेपछि खरिद गर्ने मनस्थितिमा रहनु र बेच्न चाहनेले बजार बढेपछि मात्र बेच्ने मनस्थितिमा रहनुले बजार ओरालो लाग्नुको कारणको रुपमा हेरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved