लोकतन्त्रको चिरहरण नगर्न प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 09:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लोकतन्त्रको चिरहरण नगर्न सुझाव दिएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै थापाले सुरक्षा निकाय प्रमुख नियुक्ति पनि पार्टीगत भागबण्डाको आधारमा गर्न लागेको भनी प्रश्न उठाएका हुन् । थापाले न्यायालय र निर्वाचन आयोग पछि सुरक्षा निकाय प्रमुख नियुक्तिमा पनि भागबण्डा गर्न लागिएकोमा अशन्तुष्टी जनाएका हुन् ।  

  नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा देखिएको  विवादपछि थापाको पछिल्लो अभिव्यक्ति आएको हो । प्रधानमन्त्री बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई  महानिरीक्षक बनाउनु पर्ने अडानमा छन् भने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन दबाब दिएका छन् । देउवाले चन्द बाहेक अरु कसैको प्रस्ताव आए विरोध गर्न समेत आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको स्रोत बताउछ । स्रोतका अनुसार देउवाले गृहमन्त्री बिमलेन्द्र निधिलाई चन्दलाई समर्थन नगर्ने भए राजिनामा दिन समेत भनेका छन् । यहि विवादका कारण आज महानिरीक्षक नियुक्त गर्न बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

न्यायालय र निर्वाचन आयोग पछि अब सुरक्षा निकाय प्रमुख नियुक्ति पनि पार्टीगत भागबण्डाको आधारमा?कृपया लोकतन्त्रको चिरहरण नगर्नुहोस् @PM_Nepal — Kamal Thapa (@KTnepal) February 9, 2017

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved