बिहान ३ बजे ट्रंपले गरेको फोनले हंगामा , अर्थशास्त्रको साधारण ज्ञान पनि नभएको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 12:03:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप अहिले चर्चामा छन् । चर्चा भन्दा पनि उनको आलोचना बढी भएको देखिन्छ । यस अघि प्रशासनिक र राजनीतिको कुनै अनुभव नभएका ट्रंपले कसरी राष्ट्रपतिको कार्यकाल पुरा गर्लान, सबैमा चासोको बिषय रहेको छ । अझ उनले सपथ लिएको केहि हप्ता मै दिएका कार्यकारी आदेशले अबको ट्रंप प्रसाशन कसरि अगाडी बढ्ला, सबैको आँखा त्यतै केन्द्रित छ । 

हालै सामाजिक संजालमा ट्रंपलाई अर्थतन्त्रको बारेमा सामान्य ज्ञान समेत नभएको भन्दै उनको आलोचना भईरहेको छ । ट्रंपलाई अर्थतन्त्रको सामान्य तथ्य पनि थाहा नभएर बिहान ३ बजे फोन गरेर सोधेको तथ्य हफिगटन पोस्टले प्रकाशित गरेपछि उनको आलोचना भएको हो । 

समाचारमा जनाईए अनुसार ट्रंपले बिहान ३ बजेको समयमा अर्थतन्त्रको लागि बलियो डलर राम्रो हुन्छ वा कमजोर डलर राम्रो हुन्छ भनेर सोधेका रहेछन । तर उनले कुनै अर्थशास्त्री वा बिजनेशका कोहि जानकारलाई फोन नगरेर आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार अवकाश प्राप्त लेफ्टिनेन्ट जेन माइकलाई फोन गरेका रहेछन । जवाफमा माइकले आफुलाई अर्थशास्त्रबारे खासै ज्ञान नभएको र यो आफ्नो बिज्ञता नरहेको भन्दै कुनै अर्थशास्त्रीलाई सोध्न सुझाव दिएको बताईएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved