केहि समय बसेर मन्त्रिपरिषद्को आकष्मिक बैठक सम्पन्न, गर्यो महत्वपूर्ण २ निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 04:26:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारको मन्त्रिपरिषद्को आकष्मिक बैठक केहि समय मात्र बसेर सम्पन्न भएको छ । केहि मन्त्रीहरु बैठक स्थल पुग्नु अघि नै बैठक सकिई  सकेको थियो । बैठकले २ महत्वपूर्ण निर्णय समेत गरेको छ । 

बैठकले  सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ । दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजैबाट सकिदै थियो ।

 आयोगले गर्नुपर्ने काम नसकिएकाले आयोगको अनुरोधमा सरकारले पुनः एक बर्षको म्याद थप्ने निर्णय गरेको हो । 

आज बस्ने बैठकले  आईजीपी र राजदुत नियुक्तीबारे महत्वपूर्ण निर्णय गर्ने  भनिएको भएपनी आईजीपी नियुक्तिबारे विवाद चर्कदा त्यस बिषयमा छलफल नै भएन  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved