'नेपालमा संघियता, समानुपातिक व्यवस्था र संघर्ष होइन, आर्थिक समृद्धि चाहिएको छ' -दर्शन रौनियार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 08:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाबाट फर्केर नेपालको राजनीतिमा सक्रिय भूमिकामा देखिएका दर्शन रौनियारले संघियताले देश टुक्र्याउने बताएका छन। शान्त स्वभाबका  मुभमेन्ट फर चेन्जका संस्थापक रौनियार राप्रपा नेपालबाट बाहिरिएका नेता केशरबहादुर विष्टले अगुवाइ गरेको 'एकीकृत राष्ट्रबादी शक्ति निर्माण अभियान' भेलामा भने निकै कडा रुपमा प्रस्तुत भए। 

राजा सहितको हिन्दु राष्ट्रको स्थापना प्रमुख लक्ष्य बोकेर नयाँ राजनीतिक शक्ति पार्टीको तयारी अन्तरगतको आज राजधानीको हिरा पार्टी प्यालेसमा आयोजीत सो भेलालाई सम्बोधन गर्ने क्रममा रौनियारले नेपालको पछिल्लो अवस्था बारे असन्तुष्टि जनाउदै कडा रुपमा प्रस्तुत भए। 

पुर्वमन्त्रि तथा नेता केशरबहादुर विष्टको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपस्थित जगत आचार्य नेपाली बाबा, युवा सन्त श्री वासाचार्य, स्वामी पद्मधरा आचार्य लगायतको अगाडी  पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरमुनि उभिएर रौनियारले भद्रगोल अवस्थामा पुगेको देशलाई सम्हाल्न र समृद्ध बनाउन नेपाल फर्केको बताए।

आफ्नो अमेरिका यात्रा रहरले नभई बाध्यता रहेको बताउदै रौनियारले  २८ बर्ष अगाडीको अमेरिका यात्राबाट आफ्नो सम्बोधन सुरु गरे। '२८ बर्ष अगाडी अमेरिका गए। आफ्नो परिवारको सुखद भविष्यको कामना गर्दै सुरुवातका दिनमा भाडा माँझे। मिहिनेत गरेर इन्जिनियरिङ सिध्याएँ । र, आफ्नै व्यवसाय सुरु गरेँ । अमेरिकीलाई काममा लगाएँ ।' उनले भने। 

अमेरिकामा आफ्नो राजनीतिक यात्रा बारे बताउदै रौनियारले २००८ को राष्ट्रपति निर्वाचनमा बाराक ओबामालाई सघाएको र त्यसपछि डेमोक्रेटिक पार्टीमा सक्रिय रुपमा लागेर तल्लो तहबाट चुनाव जित्दै केन्द्रीय तहसम्म पुगेको अनुभब सुनाए। अमेरिकामा आफुले नेपाल र नेपालीलाई चिनाउने काम गरेको दाबि गर्दै रौनियारले भने ' अमेरिकी संसददेखि ह्वाइट हाउससम्मका व्यक्तिहरुले नेपाल भनेको कहाँ पर्छ भनेर सोध्थे । मैले उनीहरुलाई नेपाल चिनाएँ' सगरमाथा र गौतम बुद्ध भारतको होइन, नेपालको हो भनेर बुझाएँ। 

सम्बोधनको क्रममा नेपालको बेतिथी र विसंगति प्रति तिब्र असन्तुष्टि पोख्दै रौनियारले भने ' विश्वका अरु देश विकास र आर्थिक समृद्धिमा कहाँ बाट कहाँ पुगे, हामि भने संघर्षमै रुमल्लिइरहेका रहेका छौ। 'पछिल्लो ६५ बर्षदेखि संघर्षमै रुमल्लिइरहेका छौ, हामीले के पायौं ?' उनले प्रश्न गरे। 

अमेरिका त्यसै अमेरिका नबनेको यथावत सुनाउदै उनले भने ' नेपालमा ५५ झ्याले दरबार भन्ने देश निर्माण हुँदा अमेरिका भन्ने देश नै थिएन । अहिले त्यही दरबारको संरक्षण गर्न अमेरिकाबाट पैसा आउँछ । के यो लज्जास्पद होइन ?' यहि अभाब खट्किएर आफु नेपाल फर्किएको  बताउदै गर्दा खचाखच भरिएका सहभागीले तालीले उनलाई स्वागत गरे। 

'हाम्रो पुस्ताले नयाँ नेतृत्त्व जन्माउँन पर्छ। नेपालमा राजनीतिक अस्थिरता हुनका लागि प्रत्यक्ष कार्यकारी आवश्यक छ' उनले भने। सामानुपाति व्यवस्था गलत मनसाय बोकेका नेताहरुलाई कमाई खाने भाँडो भएको र समानुपातिक प्रणाली नै खारेज गर्नु पर्ने रौनियारले बताए। ‘समानुपातिकका नाममा करोडौं रुपैयाँ दिएर संसद बनेका छन् । फटाहा र लुटेराहरुले देश चलाइरहेका छन् । अनि यस्ताले संविधान दिने हामीलाई ? यस्ताले दर्शन रौनियारलाई सिकाउने ?’ उनले प्रश्न गरे ।  

संघियताको कडा बिरोध गर्दै उनले भारत र नाइजेरियाको उदाहरण प्रस्तुत गरे। हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै उनले भने 'पहिचान गुमाउनुभयो भने तपाईंलाई कसैले पनि चिन्दैन' धर्मनिरपेक्षता खारेज गरेर हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गरे। राजाबारे जनमत संग्रह गर्नुपरे धारणा राखे।  

गोजीमा पैसा नहुँदा सम्म, आर्थिक समृद्धि नहुँदा सम्म देशमा अशान्ति र अस्थिर राजनिति रहिरहने बताए। 'नेपालमा संघर्ष र परिवर्तनको लडाई होइन, आर्थिक समृद्धिका लागि जिबन, खुसियाली र स्वतन्त्र पद्दति भएको व्यवस्था चाहिएको छ' उनले भने।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved