सडेको समोसालाई ताजा भन्दै बेच्दा प्रहरीको फन्दामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 08:25:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । 

राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा बेच्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 

पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा मौखिक उजुरी आएको थियो । 

त्यस कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved