'ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन 'इकोनोमिक ल्याण्डस्केप' मा रुपान्तरण जरुरी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 04:17:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन 'इकोनोमिक ल्याण्डस्केप' मा रुपान्तरण गर्नु जरुरी रहेको बताएका छन्  । नेपाल ब्यबस्थापन संघको अधिबेशनमा बोल्दै प्रचण्डले प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र उर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम् परिचालन गर्न सकेको खण्डमा आर्थिक सम्वृद्धि प्राप्त गर्न सकिने उल्लेख गरेका हुन्  । 

पढ्नुस प्रधानमन्त्रीको मन्तब्यको पूर्ण पाठ  ।

कार्यक्रमका सभापति महोदय,
सभामा उपस्थित विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरु,
उपस्थित दिदी बहिनी तथा दाजुभाइहरु,
सञ्चारकर्मी मित्रहरु ।
नेपाल व्यवस्थापन संघको ३६औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभाको यस “सम्मान समारोह” मा उपस्थित हुन पाउँदा खुशी लागेको छ । सर्वप्रथम, म संघको ३६ औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभाको ‘सम्मान समारोह’को सफलताको कामना गर्दै यसले नेपालको व्यवस्थापनको क्षेत्रमा आधुनिक अवधारणा आत्मसात गर्दै नयाँ अग्रसरता लिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मुलुक नयाँ संविधान जारी भई आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढिरहेको वर्तमान सन्दर्भमा यस संघले आफ्नो सम्मेलनमा छलफलको केन्द्रविन्दु बनाएको कार्यपत्र ‘Management of Economic Prosperity of Nepal: Way Forward’ वर्तमान नेपालको आर्थिक विकासको लक्ष्य प्राप्तिको व्यवस्थापनमा सान्दर्भिक छ । विभिन्न क्षेत्रको अवधारणालाई कार्यपत्रमा समावेश गरी सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रस्तुत भएको कार्यपत्रले व्यवस्थापनको क्षेत्रलाई थप सम्वृद्ध बनाउने मेरो विश्वास छ ।
यस प्रसङ्गमा गत वर्ष संघले व्यवस्थापन विकास परिदृष्यहरुमाथि विज्ञहरुमाँझ गहन अध्ययन र छलफल गरी विभिन्न क्षेत्रमा देखिएका व्यवस्थापनका सवल र दुर्वल पक्षको पहिचान गरी त्यसको निराकरणको पहिचान गरेका विषयहरु स्मरण योग्य छन् । यसका लागि म आयोजक संस्था र यसमा संलग्न सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु ।
आर्थिक सम्वृद्धिको व्यवस्थापन नेपालको सन्दर्भमा मिश्रित अनुभव हो । तथ्याङ्कलाई हेर्ने हो भने निर्माण क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न सकेको देखिदैन । सेवा क्षेत्र शहरी इलाकामा विशेष रुपले विकास र बिस्तार भइरहेको संकेत देखिन्छ । सेवा क्षेत्र नै आर्थिक विकासको क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको पाइन्छ । अब, ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन Economic landscape मा रुपान्तरण गर्नु जरुरी छ । प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र उर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम् परिचालन गर्न सकेको खण्डमा आर्थिक सम्वृद्धि प्राप्त गर्न सकिन्छ यस दिशामा संघका क्रियाकलाप निर्देशित हुन सकुन् भन्ने मेरो आग्रह छ ।
सन् १९८० को दशकदेखि सार्वजनिक क्षेत्र प्रवेश गरेका व्यवस्थापनका नविन अवधारणाको आत्मसातिकरण पश्चिमा मुलुकहरुको आर्थिक वृद्धि र विकासमा महत्वपूर्ण योगदान पुग्यो । हामी र हामी जस्तै विकासोन्मुख मुलुकहरुले पनि ती अवधारणाहरुलाई अवलम्वन गर्ने प्रयास ग¥यांै । तापनि विकसित देशको प्रणालीवद्ध शासन व्यवस्थाका लागि सिफारिस गरिएका अवधारणाद्वारा प्रणाली स्थापना नभएका हाम्रो जस्ता विकासोन्मुख मुलुकले हुबहू लागू गर्न असम्भव हुने यथार्थप्रति ध्यान दिन सकेनौ । उदारीकरणको कार्यान्वयनको सन्दर्भमा विकासोन्मुख मुलुकहरुका बजारबाट सामाजिक क्षेत्रमा पर्याप्त सहयोग नहुने, लगानीका लागि पंूजी बजारको विकास भैसकेको नहुने, अर्थतन्त्र बाह्य कारक तत्वहरुबाट अत्याधिक प्रभावित हुने (जस्तै तेल तथा डलरको मूल्यमा हुने उतारचढाव) जस्ता सीमितताहरुप्रति समेत ध्यान केन्द्रित नगरी लागू गर्न खोज्दा विकसित देशको विपरित नतिजा हात लाग्यो ।
यसैमा सुधारका लागि आम जनता खास गरी सीमान्तकृत र संकटासन्न वर्गलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नका लागि सरकारले आफ्नो परम्परागत भूमिका पूर्ण रुपमा छोड्न नसक्ने विषय अगाडि आयो । सार्वजनिक प्रशासनको क्षेत्रमा देखिएका कार्यकुशलता सम्बन्धी समस्या समाधान गर्ने उदेश्यले नतिजाप्रति उत्तरदायी हुनुपर्ने, निजी क्षेत्रको व्यवसायिक कार्यकुशलता सरकारी क्षेत्रमा सुरुवात गरी पैसाको मूल्य (Value for Money) प्राप्तिको दिशामा बढ्नु पर्ने कुरा अगाडि आयो । तर पनि यसलाई हाम्रो मुलुकको सामाजिक गतिशीलतामा ध्यान दिई लागू र आन्तिरिकीकरण गर्न नसक्दा अपेक्षित गति हासिल गर्न नसकिएको हो भन्ने मलाई लाग्दछ । यसप्रति पनि संघले ध्यान पु¥याउन जरुरी छ ।

उपस्थित महानुभावहरु
यस संघबाट बजेट, मौद्रिक नीति जस्ता विषयमा विभिन्न छलफल कार्यक्रमहरुको आयोजना गरी यी विषयमा नेपाल सरकारलाई दिदै आएका सुझावहरु महत्वपूर्ण रहेका छन् । संघले समसामयिक विषयहरुमा छलफल कार्यक्रमको आयोजना गरी छलफलबाट प्राप्त निचोडलाई सम्बन्धित क्षेत्रमा पु¥याएर राष्ट्रका हरेक अंगहरुलाई अग्रगमनतर्फ उन्मुख गराउने कार्य आफैमा सह्रानीय रहेको छ ।
मुलुकमा विकास व्यवस्थापन र सेवा प्रवाहमा देखिएका कमि कमजोरीहरु पनि व्यवस्थापनको एउटा पाटोको रुपमा मैले लिएको छु । संघमा आवद्ध विभिन्न क्षेत्रका विज्ञहरुले व्यवस्थापनका सही मार्गहरु अवलम्वन गरी मुलुकलाई चाडैं नै सम्वृद्धिको मार्गतर्फ उन्मुख गराउन समेत यहाँहरुको सहयोगको आवश्यकता रहेको छ ।
संघले विभिन्न क्षेत्रमा उच्च तहमा कार्यरत व्यवस्थापकहरुलाई उनीहरुको कार्यको मूल्याङ्कन गरी सम्मान स्वरुप Manager Of The Year Award, Woman Manager Recognition Award/Outstanding Management Award, Outstanding Civil Servant Award प्रदान गर्दै आएको विशेष महत्वको छ । सम्मानित उत्कृष्ट व्यवस्थापक तथा महिला व्यवस्थापकलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।
अन्त्यमा, नेपाल व्यवस्थापन संघले मुलुकमा व्यवस्थापकीय ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धिमा पु¥याएको योगदानको सह्राहना गर्दै यसमा आवद्ध विज्ञहरु, अध्ययनरत विद्यार्थीहरु र इच्छुक सबैलाई लाभदायी भएको मैले विश्वास लिएको छु । यसबाट सबै पक्षहरु लाभान्वित हुनु पर्दछ र नेपालमा खड्किएको व्यवस्थापकीय कमी कमजोरीलाई संघको पहलले केही हदसम्म पूरा गर्नेछ भन्ने मैले ठानेको छु । बौद्धिक व्यक्तित्वहरुको नेतृत्वले गरेको यस प्रकारका पहललाई मेरो व्यक्तिगत तर्फबाट र नेपाल सरकारको समेत सदैव साथ रहने प्रतिवद्धता व्यक्त गर्दछु । धन्यवाद !
२८ माघ, २०७३

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved