उपचार खर्चको नाममा राज्यकोषको चरम दुरुपयोग भएको खुलासा, एकै जनालाई ६ लाखसम्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 05:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्री गगन थापाले उपचार खर्चको नाममा राज्यकोषको ठुलो रकम दुरुपयोग भई रहेको भन्दै पुसमा एक कार्यविधि मन्त्रिपरिषद्को बैठकबाट नै पास गराए । कार्यविधि अनुसार अबदेखि स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्र उपचार खर्च उपलब्ध हुने उल्लेख छ । 

तर उक्त कार्यविधि कार्यन्वयनमा भने आएको पाइएको छैन । पुस महिनामा मात्र विभिन्न  मन्त्रालयको सिफारिसमा उपचार खर्चको नाममा २० जनालाई उपचार खर्च उपलब्ध गराएको छ । एकै व्यक्तिलाई साढे ६ लाख भन्दा बढी उपचार खर्च उपलब्ध गराईएको देखिएको छ । कार्यविधिमा भनिए अनुसार स्वास्थ्य मन्त्रालयले कुनै सिफारिस गरेको छैन ।

हेर्नुस कसले कति लगे ?

२०७३ पुस २७ गतेको मन्त्रिपरिषदको बैठकले उपचार खर्च उपलब्ध गराउने निर्णय गरेकाहरु ।

१. संजय प्रसाद यादव, बारा – १ लाख ७७ हजार ९ सय २५

२. रेखा साह (राजपतिदेवी), पर्सा – ४६ हजार ६ सय ७४

३. पन्ना लाल यादव, पर्सा – १ लाख ६९ हजार ८ सय ८२

४. शर्मा राय यादव, पर्सा – ६ लाख ५३ हजार २ सय ९७

५. भरत प्रसाद कुर्मी, कपिलवस्तु – १६ हजार २ सय ८९

६. नथुनी राउत, महोत्तरी – ४० हजार ९५

७. दुर्गेश यादव, रुपन्देही – ६७ हजार १ सय ५५

८. रामप्यारी देवी कलवार, महोत्तरी – ४ लाख ३६ हजार ५ सय २५

९. बाबुराम शर्मा, बर्दिया – ३ लाख १७

१०. शम्भु कुमार यादव, सिरहा – ६७ हजार ९ सय ६०

११. ममता बानिया, बाँके – ६ हजार २ सय ८५

१२. अजय श्रीवास्तव, बाँके – ३८ हजार ७ सय ६४

१३. दुर्गालाल श्रेष्ठ, काठमाडौं – ५ लाख

 

त्यस्तै पुस ७ गतेको बैठकको निर्णय अनुसार रकम प्राप्त गर्नेहरु 

१. दिपक विश्वकर्मा, टिकापुर – १ लाख ५० हजार

२ . शिवशरण न्यौपाने, काठमाडौं – ३ लाख

३ . सर्जन विक, कालिकोट – ५ लाख

४ . झंकार रावल, अछाम – ३ लाख

५ . काशिराम बुढामगर, रोल्पा – ३ लाख

६ . सामान्य प्रशासन मन्त्रालय महिला विकास अधिकृत प्रभाकुमारी श्रेष्ठ :  ५ लाख

७ . सामान्य प्रशासन मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतमा कार्यरत गोविन्दराम देवकोटा : ५ लाख ।

 

त्यस्तै पुस महिनामा सरकारले आर्थिक सहायता वापत पशु विकास फर्म पोखरामा कार्यरत राम उद्गार यादवलाइ १ लाख ५० हजार, मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई ५ लाख उपलध गराएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved