निर्बाचनमा ७२ प्रतिशत सिट हाँसिल गर्छौ: नविना, ८२ प्रतिशत सिट हाँसिल गर्छौ : नैनसिँह 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 04:16:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी फागुण १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनहरूले भाग लिने प्रतिवद्धता जनाएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए।

अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष नविना लामाले पूर्ण समानुपातिक र उमेर हदको बिषयलाई लिएर क्याम्पसमा तालाबन्दी गर्ने काम जायज नभएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई स्ववियू निर्वाचनमा भाग लिन आग्रह गरिन।

उनले भनिन्,‘आजमात्रै रेक्टरको गाडी जलाउने काम भएको छ, हामी यसको घोर भत्सर्ना गर्दछौँ, अग्रजहरुको रगतसँग जोडिएको विद्यार्थी आन्दोलनको इतिहासलाई जोगाउनको लागि हामी तयार छौँ।’
उनले अघि थपिन,‘गुणस्तरीय शिक्षा र शिक्षामा भएको व्यापारिकरण र दलालको बिरुद्धमा हाम्रो संगठन निरन्तर लडिरहेका छ।’ लामाले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन्।

त्यस्तै नेपाल बिधार्थी संघका सभापति नैनसिँह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
उनले भने,‘निर्वाचन जित्नको लागि मात्रै होईन, हार पनि हुन्छ, स्ववियू निर्वाचनमा ८२ प्रतिशत मत ल्याएर नेविसंघ निर्वाचित हुन्छ।’

नेवि संघले क्यापसमा गरेको तालाबन्दी कहिले खुल्छ र नेविसंघका यस्ता क्रियाकलापले कसलाई फाईदा पुग्छ भनेर संञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै उनले भने,‘तालाबन्दीमा नेविसंघ मात्रै सामेल छैन्, ताला चिन्न गाह्रो भईरहेको छ, पार्टीको आदेश र संगठनको भावना बिपरित कसैले त्यस्तो गर्छ भन,े त्यो अनुसाशन बिपरित हो, राप्रबिसंघ र विप्लव माओवादीका साथीहरूले पनि ताला लगाउनुभएको अबस्था छ, चाँडै खुल्छ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved