यी हुन् यस बर्ष 'क' बर्गमा पर्न सफल कम्पनीहरु, अघिल्लो बर्षको तुलनामा २४ कम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 04:49:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले आव २०७३/७४ को कम्पनी बर्गिकरणको सुची सार्बजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु अनुसार कम्पनी बर्गिकरण गरेको जनाएको छ  । 

नेप्सेले आर्थिक बर्ष २०७२÷७३ को अन्तसम्ममा सूचिकृत कूल २२९ वटा कम्पनीहरु मध्ये  १०७ कम्पनीलाई क बर्गमा बर्गिकरण गरेको छ   ।

नेप्सेले चुक्ता पुंजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले‘क’ बर्गमा वर्गीकृत गर्दै आएको छ । 

यस आवमा क बर्गमा परेका कम्पनीहरु मध्ये बाणिज्य बैंक समूहबाट २६, अन्य समूहबाट १,
जलविद्युत समूहबाट ३, होटल समूहबाट १, बीमा समूहबाट १७, वित्त समूहबाट १४, विकास बैंक समूहबाट ४५ कम्पनीहरु ‘क’ वर्गमा परेका छन्।

नेप्सेले अघिल्लो आवमा क बर्गमा १३१ कम्पनी सुचिकृत भएकोमा यस आवमा १०७ कम्पनी मात्र सुचिकृत भएको जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved