आइजीपी नियुक्तिको नयाँ मोड: नियमावली नै संसोधन गरि डाक्टरलाई दिइयो प्रहरीको कमाण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 07:25:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नियुक्त गरेका प्रहरी महानिरीक्षक जयबहादुर चन्दको पदस्थापना सर्वोच्चका कारण ढिला हुने भएपछि सरकारले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ। 

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

हिजो मात्र सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक (आइजीपी) पदमा नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज पनि सर्वोच्चको अर्को आदेशमा तत्काल प्रहरी महानिरीक्षकको पदस्थापना नगर्नु भन्ने दिएको छ। यहि कारणले गर्दा पनि सरकारले नयाँ विकल्प अगाडि सारेर डा.पोखरेललाई निमित्त प्रहरी महानिरिक्षकको जिम्मा दिएको हो ।    

  
सरकारले चन्दलाई आइजीपीमा बढुवा गरेको केही घण्टा बित्न नपाउँदै सर्वोच्चले प्रहरी महानिरिक्षक नियुक्ति सम्बन्धी निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले फागुन ८ गते बहसका लागि दुवै पक्षलाई बोलाएको छ । यस अर्थमा फागुन ८ सम्म डा.पोखरेलकै नेतृत्त्वमा नेपाल प्रहरी रहने छ। 

यता सरकारले चन्दलाई आइजीपी बनाएपछि आइजीपीका प्रमुख दाबेदार डिआइजी नवराज सिलवाले अदालतको ढोका ढ्कढकाएका छन्। अर्को तर्फ अदालतले अनाबश्यक चासो राखेको भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम विकल्पमा प्रधानन्यायधीस विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा पनि आन्तरिक छलफल गरेको बिश्वस्त स्रोतले बताएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved