प्रधानमन्त्रीको अध्यक्षतामा जनसंख्या परिषदको बैठक,  ७ विज्ञ सदस्यको नियुक्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 11:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार दिउँसो सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले राष्ट्रिय जनसंख्या परिषदमा ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ ।

नियुक्त विज्ञ सदस्यहरुमा प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्णलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।


बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताए  । प्रधानमन्त्रीले भने , ‘जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिन्छ । संघीय संरचना अनुसार जनसंख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणले यसमा आधुनिक अभिलेखको व्यवस्था हुनेछ ।’ कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उपप्रधानमन्त्रीद्घय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved