नेको इन्स्योरेन्स शतप्रतिशत हकप्रद बिक्रि आजबाट खुला, कहाँ दिने आवेदन ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 12:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्रि आज फागुन ३ बाट खुला  भएको छ। कम्पनीले बिक्रि खुला गरेको हकप्रदमा आज देखि चैत ७  सम्म आवेदन दिन सकिने छ । कम्पनीले २ करोड ४० लाख बराबरको ३२ लाख ४० हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 

कम्पनीले शतप्रतिशत हकप्रदका लागि पुष १४ मा बुक क्लोज गर्ने निर्णय गरेकाले पुष १३ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन। पुष १३ सम्म कायम इच्छुक सेयरधनीहरुले चैत ७ सम्म कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल र एनएमबि बैंकका सबै शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन।

जस अनुसार एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका शाखाहरु कलंकी, सुर्यविनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा,   आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३२ करोड ४० लाख बराबरको ३२ लाख ४० हजार ४ सय ३६ दशमलब ३२ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।   

कम्पनीले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिएको छ। २० प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद वितरणपछि कम्पनीको चुक्ता पुंजी ७१ करोड २८ लाख रुपैयाँ पुग्ने छ। 

कम्पनीले चालु आर्थीक बर्षको पहिलो त्रैमासमा २ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। इक्राले ग्रेड थ्री रेटिंङ दिनुको कारणमा समग्र बिमा कम्पनीको प्रिमियममा नेको इन्स्योरेन्सको अंश ४ दशमलब ५ प्रतिशतबाट ६ प्रतिशत पुगेको, बलिया र अनुभवी संस्थापक र ब्यवस्थापकहरु रहेको, पुनर्बिमा राम्रो भएकाले गत बर्ष गएको भूकम्पको दावी भुक्तानीको भार कम परेको उल्लेख गरेको छ।     

इक्राबाट ग्रेड थ्री रेटिंङ पाउनुले कम्पनीको अवस्था औसत रहेको देखाउछ। ग्रेड १ पाउनुले आर्थिक तथा वित्तीय अवस्था बलियो भएको देखाउंछ भने गग्रेड ५ रेटिंङ पाउनुले कम्जोर अवस्था रहेको देखाउंछ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved